आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

ट्रक दुर्घटनामा घाइते भएका पाठकको उपचारको लागि नेता रत्न गौतमको थप सहयोग 


ट्रक दुर्घटनामा घाइते भएका पाठकको उपचारको लागि नेता रत्न गौतमको थप सहयोग 

सुनौलो रामेछाप


 भदौ ३० काठमाडौं, ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ का ध्रुव पाठकको उपचारको लागि नेकपा (एमाले) नेता रत्न गौतमले थप आर्थिक सहयोग गरेका छन् । 

पाठकको उपचार भइरहेको ट्रमा सेन्टरमा पुगेर गौतमले थप ५० हजार रुपैँया आर्थिक सहयोग गरेका हुन् । पाठकको गोडाको अप्रेसनको लागि गौतमले सो सहयोग गरेको बताए । यस अघि पनि गौतमले पाठकको उपचारका लागि ५० हजार रुपैँया आर्थिक सहयोग गरिसकेका थिए ।  

सो दुर्घटनामा चार जना घाइते भएका थिए । घाइते मध्ये अन्य उपचार पछि डिस्चार्ज भएका छन् भने पाठकको उपचार जारी छ । पाठको सरिरका विभिन्न भागमा बाहिरी चोट लाग्नुका साथै तिघ्राको हड्डीका साथै करङ पनि भाँचिएको छ । 

शनिबार ३० भाद्र, २०८०



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट