मंसिर १५ काठमाडौं ,नयाँ बानेश्वर स्थित कृष्ण टावरमा रहेको ए एस जी आई केयरले मंसिर १५ गते देखि पौष १५ गते सम्म एक महिनाको लागि निःशुल्क आँखा सम्बन्धि सम्पूर्ण चेक जाँच तथा परामर्श सेवा उपलब्ध गराई रहेको छ ।
ए एस जी आई केयरमा बिना सुई ,बिना पट्टी फेको विधि द्वारा मोति विन्दुको शल्यक्रिया गर्नुको साथै टाढा वा नजिकको लागि मल्टिफोकल वा टोरिक लेन्स द्वारा चश्मा हटाउन समेत सम्भव रहेको अस्पतालका डाइरेक्टर डा. सविन ढकालले जानकारी गराउनु भयो।
निःशुल्क आँखा सम्बन्धि परामर्श सुविधा ,निःशुल्क नाम दर्ता ,निःशुल्क आँखा तथा चश्मा जाँच जलविन्दु (ग्लुकोमा) स्क्रीनिङ,आँखाको पर्दाको जाँच,स्लीट ल्याम्प द्वारा जाँच र विशेषज्ञ डाक्टर द्वारा सल्लाह र परामर्श दिने अस्पतालका मार्केटिङ अफिस गोविन्द पाण्डे (निर्मल) ले जानकारी गराउनु भयो साथै इच्छुक आँखाका बिरामी हरूले अग्रिम रजिस्ट्रेशनको लागि निम्न सम्पर्क नम्बरहरूमा ०१– ४७९०३५१,०१–४७९०१६५,९८४६६७८१९९,टोल फ्री नं १६६००–१४४–०१४मा सम्पर्क गर्न सक्नुहुने समेत मार्केटिङ अफिसर पाण्डेले जानकारी गराउनु भयो ।
अस्पताका अनुसार मात्रै रू १४९००!– बाट मोति विन्दुको शल्यक्रिया शुरू हुने छ र जसमा शल्यक्रिया शुल्क ,ओटी शुल्क ,डिस्पोजेवल शुल्क पर्ने छ।

शुक्रबार १५ मंसिर, २०८०