आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

गठबन्धनलाई हराउँदै एमालेका सुवेदी अध्यक्षमा निर्वाचित


गठबन्धनलाई हराउँदै एमालेका सुवेदी अध्यक्षमा निर्वाचित

सुनौलो रामेछाप


माघ रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा एमालेका उज्ज्वल सुवेदी निर्वाचित भएका छन् । 
गठबन्धनबाट अध्यक्षका उम्मेदवार नवराज घिमिरेलाई ५ मतले हराउँदै नेकपा (एमाले)का सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित सुवेदीले ६० मत प्राप्त गर्दा गठबन्धनका घिमिरेले ५५ मत मात्रै प्राप्त गरे । १२२ जना मतदाता रहेकोमा ११५ जनाले क्याम्पसको नयाँ सञ्चालक समिति चयनका लागि मतदान गरेका थिए ।क्याम्पस सञ्चालक समितिको सदस्यहरूमा भने सबै गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 
सदस्यहरूमा गठबन्धनका रामचन्द्र अधिकारी, नवीन केसी, युवराज सुवेदी, दीपक राज प्रसाईँ निर्वाचित हुनुभएको छ । गठबन्धनका सबिना घिमिरे काफ्ले निर्विरोध निर्वाचित भइसक्नुभएको छ । 

सोमबार १५ माघ, २०८०



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट