माघ १७, रामेछाप सदरमुकाम मन्थली—चिसापानी जोड्ने सडक निर्माणका लागि तीन वर्षअघि नै ठेक्कामा लगाइएको थियो। डेढ वर्षभित्र निर्माण गरिसक्ने समयसिमा तोकिएको थियो। तर, ठेक्का भएको तीन वर्ष बितिसक्दा पनि सात किलोमिटर सडक निर्माण हुन सकेको छैन।

सडक निर्माणको ठेक्का लिएर जनतालाई सास्ती दिने ठेकेदार त्यही जिल्लाका सांसद पूर्णबहादुर तामाङ हुन् । जनताको लागि दिनरात खट्नुपर्ने माननीयले नै दुःख दिएपछि स्थानीय आन्दोलित भएका छन्। माननीयको गैरजिम्मेवारले आजित भएपछि स्थानीय आन्दोलित भएका हुन्। माननीयले ठेक्का लिएका सडक अलपत्र पारेका छन्।

माननीय ठेकेदारसहित अन्य ठेकदारले पनि जिम्मा लिएका पूर्वाधार समयमा निर्माण नगरेर जनतालाई दुःख दिएपछि नागरिक सरोकार तथा संघर्ष समिति नै गठन गरेर स्थानीय विरोधमा उत्रिएका छन्।


बुधबार १७ माघ, २०८०
Fernando Mcdowell
Isabela
Braxton Holland