जेठ १० रामेछाप ,रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका वडा नं. ६ खिम्तीमा प्रहरी चाैकीकाे नयाँ भवन निमार्ण सम्पन्न भएकाे छ ।
बुधबार एक कार्यक्रमकाे आयाेजना गरि २५ लाखकाे लागतमा निर्माण सम्पन्न भएकाे भवन बागमती प्रदेश सभा सदस्य एवम् प्रदेश सभा बन ,वातावरण तथा पर्यटन समितिका सभापति आनन्द कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियाे ।

कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठ ,लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महत र लिखु तामाकोसी गाउँपालिका वडा नं. ६ खिम्तीकाे वडा अध्यक्ष शिव प्रसाद न्याैपानेले मन्तव्य राख्नु भएकाे थियाे ।
बिहीबार १० जेष्ठ, २०८१