साउन १२ रामेछाप , साउन १० गते बिहिबार साझ घरमाथी बाट आएकाे पहिराेमा परि घर सहित ज्यान गुमाएको तीन किशोरीको परिवारलाई नेकपा (एमाले) राष्ट्रिय युवा संघ नेपाल रामेछाप जिल्ला कमिटीले खाद्यान्न सहयाेग गरेकाे छ ।

' जहाँ विपत्ति त्यहाँ राष्ट्रिय युवा संघ नेपाल' भन्ने मुल उद्देश्य सहित मन्थली नगरपालिकाकाे प्रमुख लव श्रेष्ठ ,उप प्रमुख ईश्वरी बस्नेत ,खाँडादेवी गाँउपालिका प्रमुख ज्ञानकुमार श्रेष्ठ ,उप प्रमुख रमा घिसिङ लगायतका व्यक्तिहरूकाे सहयाेगमा युवा संघले खाद्यान्न सामाग्री खरिद गरि पिडित परिवारलाई हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ रामेछापका अध्यक्ष तथा जनप्रतिनिधि सुरेन्द्र बहादुर कार्कीले जानकारी गराउनु भयाे ।
हिजाे शुक्रबार पिडित परिवारकाे घरदैलोमा पुगि अध्यक्ष कार्की सहितको टाेलिले आपत्कालीन राहत स्वरूप त्रिपाल ,चामल ,नुन ,तेल , दाल ,साबुन ,चिउरा, दालमाेड लगायतको खाद्यान्न सामाग्री हस्तान्तरण गरेकाे अध्यक्ष कार्कीले बताउनु भयाे ।
![]()
शनिबार १२ श्रावण, २०८१