बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

कृषि सहकारी द्वारा दशै तिहारकाे शुभकामना आदानप्रदान ।



सुनौलो रामेछाप


असाेज २५ रामेछाप , आधुनिक कृषि सहकारी संस्था लि. द्वारा आयाेजीत बडा दशै ,शुभ तिहार ,नेपाल सम्वत ११४५ लगायत राष्ट्रिय चाडपर्वहरूकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ।
  आधुनिक कृषि सहकारीकाे अध्यक्ष उमेश थापा मगरकाे अध्यक्षतामा तथा सहकारीको सचिव भानुभक्त श्रेष्ठको सञ्चालनमा आयाेजना भएकाे शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित एक आपसमा शुभकामना आदानप्रदान गरेकाे सहकारीको शेयर सदस्य  खिल बहादुर श्रेष्ठले जानकारी गराउनु भयाे ।
  सहकारीको सदस्य धेरै जसाे व्यापार व्यवसायकाे सिलसिलामा शहर केन्दित भएछपि चाडपर्वमा सबै  गाउँ आएकाे माैका पारि एक आपसमा शुभकामना आदानप्रदान सगै आफुलाई मनमा लागेकाे कुरा समेत शेयर हाेस भन्ने उद्धेश्यका साथ सधैझै याे वर्ष पनि सहकारीले शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना गरेकाे समेत श्रेष्ठले जानकारी गराउनु भयाे।

शुक्रबार २५ आश्विन, २०८१



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट