बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत नि: शुल्क आँखा शिविर कार्यक्रम ९० जनाकाे आँखा चेकजाँच ।


रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत नि: शुल्क आँखा शिविर कार्यक्रम ९० जनाकाे आँखा चेकजाँच ।

डि बि श्रेष्ठ


फागुन  ११ काठमाडौं , नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रजातन्त्र दिवसको अवसरमा आयाेजीत  नि: शुल्क आँखा शिविर कार्यक्रममा ९० जनाकाे नि:शुल्क आँखा चेकजाँच भएकाे छ । 

  सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता ,सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन ,नेकपा ( एमाले) का पाेलिटव्युराे सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चाैलागाईकाे प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य सरस्वती बस्नेत , केन्द्रीय सम्पर्क समन्वय कमिटी संयाेजक श्याम कुमार बस्नेत , उपत्यका विषेश प्रदेश कमिटी सदस्य प्रकाश श्रेष्ठ , बागमती प्रदेश सम्पर्क कमिटीका सचिवालय सदस्य ,राजेन्द्र श्रेष्ठ , घनश्याम गाैतम लगायत सदस्यहरू , नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा रामेछापका सभापति शिव कुमार कार्की ,मन्त्री दुर्गा बहादुर श्रेष्ठ लगायत रेडक्रसका प्राविधिक टाेलीहरू, ए एस जि आँखा हस्पिटल नयाँ बानेश्वरका मार्केटिङ मेनेजर सन्जिव कुमार ठाकुर लगायत लगायत प्राविधिक टाेलीहरू, रामेछाप जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राकेश श्रेष्ठ लगायत जिल्ला कमिटी सदस्यहरू , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको सल्लाहकार सदस्यहरू, नेपाल कमर्श क्याम्पस प्रा.क.का अध्यक्ष सुदिप भट्टराई लगायत पदाधिकारी तथा सदस्यहरूकाे आतिथ्यतामा नेपाल कमर्श क्याम्पस मीन भवनमा आयाेजना गरिएकाे कार्यक्रमा ए एस जि आँखा हस्पिटल नयाँ बानेश्वरकाे प्राविधिक सहयाेगमा नि: शुल्क आँखा शिविर कार्यक्रम नेपाल कमर्श क्याम्पस मीन भवनमा सम्पन्न भएकाे थियाे।

ए एस जी आँखा हस्पिटलका मार्केटिङ मेनेजर सन्जिव कुमार ठाकुरले रामेछाप - काठमाडौं सम्पर्क मञ्चसग सहकार्य गरि नि:शुल्क आँखा शिविर कार्यक्रम गर्न पाएकाेमा खुसि व्यक्त गर्दै नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको नाम लिएर ए एस जी आँखा हस्पिटल नयाँ बानेश्वरमा आउने जाे काेहिलाई पनि नि:शुल्क चेकजाँच गर्नुकाे साथै रहेक सेवामा केही छुट दिनेसमेत बताउनु भयाे ।

प्रजातन्त्र दिवसकै अवसरमा रामेछाप - काठमाडौं सम्पर्क मञ्चले नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयाेगमा खुल्ला रक्तदान कार्यक्रम समेत सम्पन्न भएकाे कार्यक्रम संयाेजक तथा नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष दिल बहादुर श्रेष्ठले जानकारी गराउनु भयाे ।

  तस्बिर :- खिल बहादुर श्रेष्ठ 

आईतवार ११ फाल्गुन, २०८१



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट