मंसिर १५ रामेछाप , हिजाे शुक्रबार दिउसो काठमाडौं बाट रामेछापको बेताली तर्फ जाँदै गरेकाे फाेर्स जिप गाेकुलगंगा- ६ फर्पुकाे सिमलडाँडामा दुर्घटना हुदा जनप्रतिनिधि सहित पाँच जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ ।
जिप दुर्घटनामा परि गाेकुलगंगा - ४ बेतालीकाे वडा अध्यक्ष रामचन्द्र बस्नेत , गाेकुलगंगा - ५ नामाडीकाे ३० बर्षीय कविता कार्की ( खड्का ) उनकाे छाेरी ७ बर्षीय स्वस्तिका खड्का ,गाेकुलगंगा- ४ बेतालीकाे सविना बिक ( गजमेर) र चालक मन्थली नगरपालिका वडा नं. ९ पुरानागाउँ फाेस्राे निवासी ३५ वर्षीय हिरा बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ।
साेही दुर्घटनामा परि कास्की लेखनाथ नगरपालिकाकाे ४२ वर्षिय केशव शर्मा , गाेकुलगंगा - ४ बेतालीकाे २७ बर्षिय सरस्वती कार्की र बेतालीकै मृतक सविना बिक काे ४ बर्षिय छाेरा सविन बिक घाईते भएकाे र घाईतेहरूकाे थप उपचारको लागि काठमाडौं पठाइएकाे समेत जिल्ला प्रहरी कार्यालयले जानकारी गराएकाे छ ।
घाइतेहरू मध्य सविन बिककाे अबस्था गम्भीर रहेकाे र सडकमा गुडिरहेकाे ना.१ ज ७१२३ नम्बरको फाेर्स जिप भिरबाट अन्दाजी ३ सय मिटर तल खसेकाे ,दुर्घटना के कारणले भयाे भनेर अहिलेसम्म खुल्न नसकेकाे घटनास्थलमा पुग्नु भएका सुरक्षाकर्मीहरूले बताउनु भयाे ।

शनिबार १५ मंसिर, २०८१