आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

नामाडी घटनामा पक्राउ परेका खडका धरौटीमा रिहा


नामाडी घटनामा पक्राउ परेका खडका धरौटीमा रिहा

सुनौलो रामेछाप


पुष १०, रामेछाप । जिल्ला अदालतल रामेछापले गोकुलगंगा गाउँपालिका–५ नामाडीमा भएको कुटपिटको घटनामा संलग्न भएको भन्दै पक्राउ परेका सुमन खडकालाई १ लाख ७५ हजार धरौटीमा रिहा गरेको छ ।

सुमन खडकालाई पीडित देवराज खडकाले दिएको उजुरीको आधारमा २३ दिन अघि खिम्तीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रामेछापले अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामाथि सुनुवाई गर्दै रामेछापका जिल्ला न्यायाधिश मोहनराज भट्टराईले खडकालाई १ लाख ७५ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । 

यसअघि देवराज खडकाले घटनामा संलग्न भएका भनिएका तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खडका र दीपक खडकाको पनि अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।


 

शुक्रबार १० पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट