पुष १७, रामेछाप । ठगी र जबरजस्ती करणीको आरोप लागेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई उच्च अदालत पाटनले थुनामुक्त गर्ने आदेश दिएसँगै पुनः गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
जिल्ला अदालतको फैसालाप्रति असहमति जनाउँदै खडकाले उच्च अदालत पाटनमा रिट दाहेर गरेका थिए ।
खडकालाई उक्त रिटमाथि सुनुवाई गर्दै थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।
पाँच लाख ढरौटी बुझाएर जेलमुक्त भए लगत्तै खडकाले छ महिनापछि पुनः अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
शुक्रबार १७ पुष, २०७७