मंसिर १९, रामेछाप । निर्माण कम्पिनिले खाँडादेवी गाउँपालिकाको सित्खा–गोगनेपानी सडक कालोपत्रे गर्ने क्रममा गुणस्तरहिन सामाग्री प्रयोग गरेको कारण कालोपत्रे नै उप्किने क्रम देखिएको हो ।
सित्खादेखि गोगनपानीसम्म यस आर्थिक बर्षमा कालोपत्रे काम पुरा हुनेछ । निर्माण कम्पनीले सित्खाबाट हाल भीरपानीसम्म पहिलो चरणमा झण्डै पाँच किलोमिटर सडक कालोपत्रे गरिरहेको छ ।
गाउँपालिकाका इन्जिनियर ईश्वर खड्काले बताए अनुसार खाँडादेवी गाउँपालिका र पूर्वाधार कार्यालय रामेछाप प्राविधिहरुले सडकको अनुगमन गर्ने क्रममा पाँच वटा घुम्तीमा कमसल खालको निर्माण सामाग्री प्रयोग गरेको पाइएको छ ।
गाउँपालिकाका अध्यक्ष तामाङले बताए अनुसार सडक निर्माणमा प्रयोग भएको निर्माण सामाग्री गुणस्तरहिन भएको स्वयंम निर्माण कम्पनीका इन्जिनियरले स्वीकार गरेका छन् । सम्झौता बमोजिमको गुणस्तर कायम गरेर सडक निर्माणको काम अगाडि नबढाए काम अगाडि बढाउन नदिने समेत अध्यक्ष तामाङले बताए ।
खाँडादेवी गाउँपालिका–३ भीरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले सडक निर्माणमा गुणस्तरीय हिन सामाग्री प्रयोग हुने विषय आफूहरुलाई स्वीकार्य नहुने बताए । उनले भने,‘हामीलाई शंका लागेरै प्राविधिक बोलाएर अध्ययन गर्न लगाएका हो, अध्ययन गर्दा ठाउँठाउँमा गुणस्तरहिन काम भएको पाइयो, विकास निर्माणमा हुने गुणस्तरहिन काम स्वीकार्य छैन् ।’ गाउँपालिकाले अनुगमनको कामलाई थप प्रभावकारी बनाउने बताउँदै आफूहरुले सम्झौता बमोजिमको गुणस्तरको कायम होस भन्ने चाहेको उनले बताए ।
शुक्रबार १९ मंसिर, २०७७