आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा पत्रकार देखि शिक्षिकासम्म  सम्मानित


अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा पत्रकार देखि शिक्षिकासम्म  सम्मानित

सुनौलो रामेछाप


मंसिर १९, रामेछाप– २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा वरिष्ठ पत्रकार नयाँघरे सहित ३ जना सम्मानित भएका छन् ।

अपाङ्गताको क्षेत्रमा क्रियाशिल रहेका अपाङ्गता सचेतन सेवा केन्द्र रामेछापको अध्यक्ष पत्रकार बद्री नयाँघरे, सदस्य निर्मला कार्की र महिला उपहार मञ्च नेपालको सदस्य गीता कर्माचार्य सहित ३ जनालाई मन्थली नगरपालिकाले प्रसंशा पत्र सहित दोसल्ला ओढाएर नगर प्रमुख रमेश कुमार बस्नेतले सम्मान गर्नुभएको छ । त्यस्तै कमजोर आर्थिक अवस्था भएका अन्य ६ जनालाई नगर उपप्रमुख माया कुमारी कार्कीले एक हजार नगद सहित ब्लाङ्केट दिएर सहयोग गर्नुभएको छ ।

 

मन्थली नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको पछिल्लो अवस्था कस्तो छ र आगमी दिनमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने बिषयमा यो कार्यक्रम आयोजना गरिएको हो । 

विगत १८ वर्ष देखि पत्रकार बद्री नयाँघरेले जिल्लाभरीका अशक्त र अपाङ्गताको पक्षमा आवाज उठाउँदै अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकारको निम्ती निरन्तर लागीरहेका छन् ।   

नगर प्रमुख बस्नेतले भन्नुभयो, “हाम्रो नगरमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि क्षमता बढाउने र जिवीकोपार्जनमा प्रत्यक्ष टेवा पुग्ने गरी कार्यक्रमहरु ल्याउँछौ ।”

अपाङ्गता दिवसको अवसर पारेर अपाङ्गताको पक्षमा आवाज उठाउँदै आएका आफू लगायत ३ जनालई सम्मान गरेकोमा नगरपालिकालाई धन्यबाद दिँदै बरिष्ठ पत्रकार नयाँघरेले भन्नुभयो, “समाजमा पछाडि पारिएका समुदायको पक्षमा बोलीरहने हामीलाई सम्मान गर्दा निकै खुसी लागेको छ । तर जिल्लाका सबै स्थानीय तहले जिल्लाभरीमा अपाङ्गता भएका व्यक्तिहरुलाई फाइदा पुग्ने कार्यक्रम ल्याउन जरुरी छ । अपाङ्गताको क्षेत्रमा केही सुधारका कामहरु शुरु भएपनि दिर्घकालिन फाइदा हुने खालका कार्यक्रम ल्याउनु प¥यो । जुन कार्यक्रमले अहिलेका जनप्रतिनिधिलाई सधै सम्झिरहन पाउँ ।”
 

शुक्रबार १९ मंसिर, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट