बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

१७ औं राष्ट्रिय स्वयंसेविका दिवसमा ३ स्वयंसेविका सम्मानित 


१७ औं राष्ट्रिय स्वयंसेविका दिवसमा ३ स्वयंसेविका सम्मानित 

दिलिप श्रेष्ठ


मंसिर २१, रामेछाप ।  रामेछाप नगरपालिकाको पहलमा गोठगाउँ स्वास्थ्य चौकीले मंसिर २० गते शनिबार एक कार्यक्रमको आयोजना गरी १७ औं राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । 

 

कार्यक्रममा आफूले स्वास्थ्य सम्बन्धि कुनै तालिम नपाउँदा नपाउँदै पनि स्वयंसेविकाको भुमिकामा अबल रहेकोमा सुन्तली कार्की आफ्नो उमेर ढल्किँदै गए पनि जोस जागँरका साथ स्वयंसेविकाको भुमिकामा निरन्तर लागिपरेकोले मनमाया कार्की र आफ्नो क्षेत्रमा नियमित आमा समुहको भेला राख्नुका साथै भेलाको माइनुट समेत सरल र प्रष्टगरी राख्नु भएकोमा सरीता ​सापकोटा सम्मानित भएका छन् । 

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका वडा अध्यक्ष नरबहादुर थापाले आफ्नो मन्तव्य राख्दै स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाको ठुलो भुमिका रहेको र सम्पूर्ण स्वयंसेविकाहरुले आफ्नो भुमिका सफलताका साथ निर्भाह गरेकोमा धन्यवाद दिँदै स्वयंसेविकाकै सक्रियताले गर्दा गोठगाउँमा कोरोनाको महामारीले समेत खासै प्रभाव नपरेको बताए । 

 

वडा अध्यक्ष थापाले स्वयंसेविकाको केही माग पुरा गरिसकेको र बाँकी केही माग पनि आफ्नै कार्यकालभित्र पुरा गर्ने बचन समेत दिएको कुरा जनप्रतिनिधि तथा स्वयंसेविकाका अध्यक्ष शिर कुमारी श्रेष्ठ (र्सिजना)ले सुनौलो रामेछापलाई बताए । 

कार्यक्रममा वडा सदस्य सरिता बर्माषाखा, सम्मानित स्वयंसेविका मनमाया कार्की, वडा सहायक प्राविधिक दुर्गा बहादुर कठायत, स्वास्थ्य व्यवसथापक समितिका सदस्य रामकुमारी कार्की लगायतले आफ्नो मन्तव्य राखेका थिए । 

तस्विरः कल्पना नेपाली 
रामेछाप न.पा १ गोठगाउँ 
 
 

आईतवार २१ मंसिर, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट