मंसिर २३, रामेछाप । किबी निर्यातमा गोकुलगंगा गाउँपालिकाले कर लगाउने निर्णय गरको छ । गाउँपालिकाभित्र उत्पादित किबी निर्यात गर्दा किसानलाई कुनै मार नपर्ने गरी निकासी कर लगाउने निर्णय गरेको हो ।

गाउँपालिकाले यस बर्ष गाउँपालिकाभित्र करिब २० टन भन्दा बढी किबी उत्पादन हुने लक्ष्य राखेको छ ।
गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले भने, ‘गाउँपालिकाको प्रमुख स्रोत कृषि नै हो, कृषिबाटै गाउँपालिकालाई समृद्ध बनाउने अभियान सुरु गरिरहेका छाँ, निर्यातकर्ताले प्रतिकिलो एक रुपैयाँ कर गाउँपालिकालाई तिर्नु पर्छ ।’
मंगलवार २३ मंसिर, २०७७