आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

समाचार

केन्द्रीय सदस्य कार्कीको सहजीकरणमा पीडित परिवारलाई दुई लाखको सहयोग 

 चैत १९ रामेछाप ,नेकपा एमालेका केन्द्रीय सदस्य गिता कार्कीको सहजीकरणमा युवा व्यवसायी रामकाजी कार्कीले ,रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका आगलागी पीडित परिवारलाई दुई लाख बराबरको भान्छा कोठामा चाहिने सामाग्री सहयोग गर्नु भएको छ। केन्द्रीय सदस्य कार्कीको नेतृत्वमा काठमाडौंबाट घटन...

गोठगाउँमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भब्य रूपमा सम्पन्न 

  चैत १३ रामेछाप , नेकपा एमाले रामेछाप न.पा .१ गोठगाउँ वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।  वडा कमिटीको अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा  तथा रामेछाप जिल्ला कमिटीको अध्यक्ष आन्नद कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा आयोज...

आगलागीबाट घर जलेर नष्ट भएका पीडितलाई जस्ता पाता र खाद्यान्न सहयोग गर्ने एमालेको बचन

 चैत १३ रामेछाप, रामेछाप नगरपालिकाको वडा नं ७ रजयछापमा आगलागी हुँदा ११ घर परिवारको घर गोठ जलेर नष्ट भएका छन् । शनिबार दिउँसो स्थानीय विनोद श्रेष्ठको घरमा विद्युत् सर्ट भई निस्किएको आगो नियन्त्रण गर्न नसक्दा आगलागी भएको नेकपा एमाले रामेछाप नगर अध्यक्ष रोशन पाख्रिनले बताएका छन् । सेना, प्रहरी तथ...

म्यादी प्रहरी :रामेछापमा मागे भन्दा दोब्बर आवेदन

चैत १२ रामेछाप, म्यादी प्रहरी बन्न रामेछापमा मागे भन्दा दोब्बर आवेदन आएको छ ।  आउने बैशाख ३० मा हुने लागेको स्थानीय तहको निर्वाचनको लागि रामेछापमा मागे भन्दा दोब्बर बढी म्यादी प्रहरीको आवेदन आएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङलले बताएका छन् । ७ सय ८४ जना छनोट गरिने भएपनि...

स्थानीय निर्वाचनको घोषणापत्र तयारी गर्न ४ सदस्यीय टोली गठन

चैत ७ रामेछाप, नेकपा (एमाले) रामेछाप नगर कमिटीले स्थानीय निर्वाचनको घोषणापत्र तयारी गर्न  नगर कमिटीका उपसचिव तथा पार्टी प्रवक्ता    माधव ढकालको संयोजकत्वमा ४ सदस्यीय टोली गठन गरेको छ । संयोजकत्व ढकालले दिएको जानकारी अनुसार सदस्य टोलीमा देव श्रेष्ठ, निलकण्ठ ढकाल, कुमार बा...

स्थानीय चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम आज पनि जारी

चैत ६ रामेछाप, नेकपा एमाले रामेछाप नगर कमिटीको आयोजनामा भएको दुईदिने स्थानीय चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम जारी छ । हिजो सुरु भएको यस कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कैलाश ढुङ्गेल रहेको रामेछाप नगर कमिटीको पार्टी प्रवक्ता तथा चुनाव प्रचारप्रसार स...

२ दिने आवासीय चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु

चैत ५ रामेछाप, नेकपा एमाले रामेछाप नगर कमिटीले सम्पूर्ण नगरपालिका भित्रका सबै वडाका नेतृत्वलाई स्थानीय तहको निर्वाचनमा केन्द्रित प्रशिक्षण सुरु गरेको छ । वडा नेतृत्वलाई २ दिने आवासीय चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु गरिने रामेछाप नगर कमिटीको पार्टी प्रवतmा तथा चुनाव प्रचारप्रसार समिति संयोज...

घर–घर जाऔं कांग्रेस जिताऔं अभियान सुरु

फागुन २९ रामेछाप, आगामी बैशाख ३० गते हुने लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै नेपाली कांग्रेस रामेछापले आजबाट घर–घर जाऔं कांग्रेस जिताऔं अभियान सुरु गरेको छ ।  यस अभियानको केन्द्रीय प्रतिनिधि एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले मन्थलीमा आयोजित कार्...

असमति हुँदाहुँदै सहमति भयो भनी मध्य रातमा  घोषणा नै गलत भयो:अध्यक्ष श्रेष्ठ

   फागुन २६ काठमाडौं ,नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्चको ११औं अधिवेशन शुरू भयको पाँच दिनपछि मध्यरातमा असमति हुँदाहुँदै  पनि सहमति भयो भनी एकतर्फी रूपमा पदाधिकारीको नाम  घोषणा गर्नु नै गलत भएको गोठगाउँ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष कुमार श्रेष्ठले बताउनु भय...

केन्द्रीय सदस्य नहुँदै बधाई दिनेहरुको लस्कर

फागुन २४, नेकपा माओवादी केन्द्र रामेछापका संयोजक मैन कुमार मोक्तानलाई सामाजिक सञ्जालमा मार्फत केन्द्रीय सदस्य भएकोमा बधाई दिनेहरुको लस्कर चलिरहेको छ ।  पार्टीका कार्यकर्ता तथा शुभचिन्ताकहरुले आधिकारिक निर्णय बिना नै बधाई दिएका छन् । हिजोबाट नै मोक्तानको तस्विर हालेर बधाई दिन सुरु गरेका थिए ।...

गोठगाउँमा वडा अध्यक्ष कप भलिबल खेल प्रतियोगिता हुँदै

 फागुन २२ रामेछाप , रामेछाप नगरपालिका वडा नं १ गोठगाउँले गोठगाउँको युवा हरूलाई लक्षित गरि वडा स्थरीय वडा अध्यक्ष कप भलिबल खेल प्रतियोगिता गर्ने भएको छ ।   वडा कार्यालय गोठगाउँका कार्यभार वडा सचिव तथा वडा प्रविधिक केशब प्रसाद दाहालले केही दिन अघिमात्र वडाको सुचना जारी गरि गोठगाउँ–ग...

गोठगाउँ–गोठपानीको ७१ बर्षिय श्रेष्ठ ठमेल बाट हराएकोले खोजि कार्यमा सहयोग गरिदिन आफन्तको आग्रह  

   फागुन १७ काठमाडौं, रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ–गोठपानी निवासी ७१ बर्षिय जेष्ठ नागरिक जय बहादुर श्रेष्ठ  फागुन १५ गते बेलुका छ बजे देखि ठमेल बाट हराएको हुदा परिवार नातागोता छरछिमेक सबै मिलेर खोजिकार्य गरिरहेता पनि अझैसम्म फेला पार्न नसकेकोले खोजि कार्यमा सहयोग गरिदिन सब...

सुनारपानी– काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा थापा

फाल्गुन १४ रामेछाप, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले सुनारपानी–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुन्दर जंग थापा निर्वाचित भएका छन् । जडिबुटी स्थित इन्द्रेणी रारा पार्टी सभाहलमा भएको कार्यक्रमबाट थापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी चयन भएको छ । पार्टी पोलिट ब्युरोको सदस्य महे...

लिने होइन, दिने हो ः गौतम

फागुन १४ रामेछाप, नेकपा (एमाले) बाग्मती प्रदेशका कमिटी सदस्य रत्न गौतमले पार्टीका कार्यकर्ता विधि र पद्धतिमा चल्नु पर्ने बताउनुभएको छ ।  हिजो एमाले रामेछापको खाँडादेवी गाउँ पार्टी कमिटीले माकादुममा आयोजना गरेको पार्टीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा एमाले देश र जनताको लागि लड्ने क...

नेकपा एमाले लिखु तामाकोसी गाउँ पालिका कमिटीले एकाइस स्थानमा जनतासँग अन्तरक्रिया कार्यक्रम गर्दै

 फागुन ११ रामेछाप , नेकपा एमाले लिखु तामाकोसी गाउँपालिका कमिटीद्वारा आयाेजित विस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रमले पालिकाकाे एकाइस स्थानमा जनतासँग अन्तरक्रिया कार्यक्रम गर्ने तय गरेकाे छ । नेकपा एमालेको केन्द्रीय सदस्य ,रामेछापका इन्चार्ज तथा बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा य...

एमाले रामेछाप: निर्वाचनलाई लक्षित गर्दै जनसङ्गठन परिचालन सुरु

फागुन १० रामेछाप , नेकपा (एमाले) रामेछापले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जनसङ्गठन परिचालनको परिचालन सुरु गरने भएको छ । आज एमाले रामेछापको अध्यक्ष आनन्दकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई लक्षित गरी जनसंगठनहरुको परिचालनको योजना बनाएको हो ।   जनसङ्गठन समन्वय संयन्त्...

रामेछापमा एमालेको कार्यक्रमहरु सञ्चालन, अरु पार्टी भने अझै अलमलमा

फागुन ५ रामेछाप, सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३०मा घोषणा गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले चुनावलाई केन्द्रीत गर्दै कार्यक्रम सुरु गरिसकेको छ ।  एमाले रामेछापको जिल्ला कमिटी बैठक अनुसार आठ वटै स्थानीय तह र ६४ वटै वडामा कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।...

सबै पालिका र वडामा चुनाव जित्ने एमाले रामेछापको रणनीति

फागुन ३ रामेछाप , नेकपा (एमाले) रामेछापले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशिक्षण कार्यक्रम सुरु गरिसकेको छ ।    आइतबार र सोमबार बसेको बैठकले आउने वैशाख ३० गते हुन लागिएको स्थानीय तह निर्वाचनको लागि रणनीति तयार गर्नेछ । प्रशिक्षण कार्यक्रमको पहिलो दिनमा एमालेका उपाध्यक्ष सुरेन...

रामेछापमा कोरोना विरुद्धको पुर्ण खोप लगाउनेको संख्या ९७ हजार नाग्यो

फाल्गुन २ रामेछाप , रामेछापमा अहिलेसम्म ९७ हजार भन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाईसकेका छन ।  जिल्लामा अहिले खोप अभियान सुरु भएदेखी हालसम्मको अवद्यिमा ९७ हजार ९ सय २८ जनाले पुर्ण मात्रा खोप लगाएका छन् भने  एक लाख ७ हजार २ सय ८५ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय राम...

रामेछाप नगर सम्पर्क मञ्चले आयोजनना गरेको रक्तदान कार्यक्रममा चालिस जना दाताले गरे रक्तदान 

 फागुन १ काठमाडौं , नेकपा एमाले रामेछाप नगर –काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा चालीस जना दाताहरूले रक्तदान गरेको छ ।   नगर सम्पर्क मञ्चको अध्यक्ष दिलिप श्रेष्ठको अध्यक्षतामा माघ २९ गते अनामनगरमा आयोजना गरियको कार्यक्रम लाई ब्लड डोनर्स एसोसिएशन नेपाल...

ताजा अपडेट